६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

ललितपुर महानगरपालिकाद्धारा विद्यालय खोल्ने निर्णय

ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठन गर्न महानगरपालिकाले निर्देशन गरेको हो । 

महानगरको शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय कहिलेदेखि र कसरी सञ्चालन गर्ने भन्नेबारे भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघबीच छलफल गरी तय गर्न आग्रह गरेको छ ।

शिक्षा समितिका संयोजक तथा महानगर प्रमुख चिरिबाबु महर्जनले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा आधारित भएर विद्यालयको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । महानगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय रहेका छन् । अन्य निजी विद्यालयलाई समेत सोहीबमोजिम गर्न महानगरपालिकाले निर्देशन गरेको छ । 

महानगर क्षेत्रमा करिब १५ हजार बालबालिका अध्ययनरत छन् । ‘महामारीका वेला सबै विद्यालयलाई महानगरले मास्क र साबुनपानी उपलब्ध गराउँछ, बाँकी व्यवस्थापन विद्यायल आफैँले निर्णय गरेर सञ्चालन गर्छन्,’ मेयर महर्जनले भने । 

शिक्षा समितिले विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पालना भए नभएको मूल्यांकन गर्न महानगरकी उपप्रमुख गीता सत्यालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिले आवश्यकताअनुसार विज्ञहरूलाई समेत संलग्न गरी अनुगमन गर्ने र आवश्यक छलफल गरी शिक्षा समिति र महानगरपालिकालाई सुझाब पेस गर्नेछ । महानगरले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न र अभिभावकलाई पनि मापदण्ड अपनाएर मात्रै विद्यालय पठाउन आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*