१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

रोल्पा कांग्रेसले १० वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने

नेपाली कांग्रेस रोल्पा जिल्ला कार्यसमितिले संगठन निर्माणलाई आक्रमक रुपमा अगाडि बढाउने तयारी थालेको छ । संगठन निर्माण र कम्युनिष्टहरुसंग बैचारिक मुकाविला गर्ने कार्यकर्ता उत्पादनका लागि रोल्पा कांग्रेसको सवै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

रोल्पा कांग्रेसका अनुसार रोल्पाको दशैवटा स्थानिय तहमा फागुन १९ गतेदेखि २८ गतेसम्म प्रशिक्षण कार्यक्रम संचालन गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणी आचार्यले जानकारी दिए । आचार्यको गृहजिल्ला रोल्पा हो ।

फागुन १९ गते रुन्टीगढी गाँउपालिकाको प्रशिक्षण होल्लेरीमा हुनेछ भने २० गते त्रिवेणी गाँउपालिको जुंगारमा, २१ गते गंगादेव गाँउपालिको सुखाओदार, २२ गते परिवर्तन गाँउपालिकाको पुत्लाखोलामा प्रशिक्षण कार्यक्रम रहेको छ । त्यसैगरि २३ गते थवाङ गाँउपालिकाको थवाङमा, २४ गते सुनछहारी गाँउपालिको पोवाङमा, २५ गते रोल्पा नगरपालिकोको लिवाङमा, २६ गते लुङ्ग्री गाँउपालिको किलाचौरमा, २७ गते सुनिलस्मृति गाँउपालिको सुलिचौरमा र २८ गते माडि गाँउपालिकाको धर्तीगाँउमा प्रशिक्षण कार्यक्रम रहेको रोल्पा कांग्रेसका सभपाति अमरसिंह पुनले जानकारी दिए ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, नेपाली विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरी गुरागाई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, अर्थविद् राजु नेपाल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व उपाध्यक्ष रिता खनाल, मदन कटेल, नहकुल केसी, र छन्द पहराईले प्रशिक्षण दिनेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*