७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

रोपाइँ गर्दै, दही च्यूरा खाएर मनाईयो यस बर्षको धान दिवस

काठमाडौं । असार १५ मा मनाइने धान दिवस सोमबार (आज) रोपाइँ गर्दै दही च्यूरा खाँदै मनाईएको छ ।
बिगतका बर्ष भन्दा केहि फरक तरिकाले सामाजिक दुरीलाई मध्यनजर राखि आत्मियता र सामाजिक सद्भाव कायम गर्दै धान दिवस मनाईएको हो ।

कोभिड (१९) को संक्रमणको यस बिचमा औपचारिक कार्यक्रम भन्दा फरक तरिकाले खेतबारीमा काम गर्दै दहि च्यूरा खाएर यस बर्षको धान दिवस मनाईएको छ ।

नेपाल कृषि प्रधान देश भएकाले वि.सं २०६१ मङ्सिर २९ गतेको नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउने घोषण भएको थियो । सोही निर्णय अनुसार नेपालमा हरेक बर्षको असार १५ मा यो दिवस औपचारिक रुपमै मनाउन थालिएको हो ।

मानो रोपी मुरी फलाउने उदेश्यले किसानले खेतमा असारे गीत गाउँदे धान रोपाइँ गर्ने भएकाले पनि यो दिनलाई बिशेष महत्वका साथ हेरिन्छ ।

खेतमा हिलो छ्यापाछ्याप गरेर आत्मियता साट्दै खेतको काम गर्ने र खेत बारीमै दहि च्यूरा खाँदै रमाईलो गर्ने भएकाले पनि सरकारले यो दिनलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

google

सरकारको यो दिवस मनाउने निर्णयले किसानलाई अन्न उत्पादनमा प्रोत्साहन मिलेको बिश्वास गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*