७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

राष्ट्रिय मानव अधिकार आयोगद्वारा शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न सरकार संग माग

राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा भएको शिक्षक हत्याका दोषीलाई कारबाही गर्न सरकार संग आग्रह गरेको छ ।

आयोगद्वारा बुधबार जारी बिज्ञप्तिमा घटनाको बिरोध गर्दै दोषीलाई कारबाही गर्न सरकार संग माग गरिएको छ ।

बिज्ञप्तिमा विचार आस्था र आशंकाको आधारमा कसैलाई पक्राउ गर्ने र यातना दिने कार्य गलत भएको भन्दै, दोषीलाई कानूनी दायरामा ल्याउन एवं पीडित परिवारलाई उचितक्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारलाई आग्रह गरिएको छ ।
नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मान पूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्नुका साथै राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक सबैलाई सुनिश्चित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार विहान मोरङ मिक्लाजुङ गाउँपालिका १ को सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*