८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

राष्ट्रिय जनगणना २०७८को पहिलो चरण सुरु

मेरो जनगणना, मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । जनगणनाको पहिलो चरण अन्तर्गत बुधबारबाट देशै भरी सुपरीवेक्षकहरुले घर तथा घर परिवारहरुको सुचिकरण फारम भर्ने काम सुरु गरेका छन् ।
केन्द्रिय तथ्याङ्क विभागका अनुसार यस बर्षको जनगणनामा ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएकोे छ ।
पहिलो चरण अन्तर्गत देशभर करिब ७० हजार घर परिवारमा सुपरीवेक्षकहरु पुग्नेछन् ।

घर तथा घर परिवार सुचिकरण आज बुधबारबाट सुरु भएर असोज १८ अर्थात २० दिन सञ्चालन हुने छ ।
सुपरीवेक्षले घर तथा घर परिवार सुचिकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घर परिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने छन् ।
सुचिकरण पछि दोस्रो चरण अर्थात जनगणना कार्तिक २५ देखि मंसिर ९ गते सम्म संचालन हुने समेत बिभागले जनाएको छ ।

दोस्रो चरणको गणनामा झण्डै ४० हजार गणक खटिने विभागको भनाई छ ।
जनगणनाको पहिलो चरण अन्तर्गतको यस सुपरीवेक्षणलाई सवै तह र तप्काबाट सहयोग गर्न विभागले विज्ञप्ती मार्फत सवैमा आग्रह समेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*