१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्री अविस्वासबाट हटाउन तरुण दलको माग


नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले संविधानको मर्म विपरित संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गरेका छन् ।

तरुण दलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत अनुरोध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको पनि तरुण दलको ठहर छ ।

विज्ञप्तिमा उक्त अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दलले आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*