१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

राप्रपा तीनै अध्यक्षको एकै स्वर : मुलुक जोगाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले एकै स्वरमा मुलुक जोगाउनका लागि राजसंस्था र हिन्दु राष्ट्र आवश्यक भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनीहरुले मुलुकको सार्वभौमसत्ता जोगाउका लागि हिन्दु राष्ट्र र राजसंस्था आवश्यक भएको बताए ।

उनीहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताए । अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन्। उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए।

अध्यक्ष पशुपतिशमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताए । उनले राप्रपाले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मुलूक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिनसक्छ, त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको बताए ।

अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले पनि पार्टीले राजस्था र हिन्दु धर्मलाई पुनस्थापना गर्ने स्पष्ट एजेण्डा लिएर अगाडि बढेको बताए । उनले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको पनि बताए । उनले आफुहरुका एजेण्डाहरु स्पष्ट भएको नेपालमा संवैधानिक राजसंस्था नेपालको लागि अनिवार्य भइसकेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*