७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

रहेनन् चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराई, नेपाली फिल्म उद्योगमा फेरी अर्को क्षति

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको गए राति निधन भएको छ ।
राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारीक श्रोतले बताएको छ ।
भट्टराईको एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि ओम अस्पतालतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको थियो ।
अस्पताल पुर्याए लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल भट्टराई चलचित्र उद्योगको हस्ति मानिन्छन् । दर्जनौ चलचित्र निर्माण एवं अभिनय गरेका उनि भण्डै एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।
चलचित्र क्षेत्रमा राम्रो अनुभव रहेको भट्टराईले नेपालमा चलचित्र उद्योगलाई माथि उठाउन हरपल लागिरहने सक्षम अध्यक्षका रुपमा आफ्नो परिचय बनाएका थिए ।
भट्टरार्ईले ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडीगए पाप लाग्ला, जस्ता दर्जनौ सफल चलचित्र बनाएका छन् । भने चिनो, दुई थोपा आँसु, बलिदान, पाहुना, सुखदुःख, हामि तिनभाई, आफ्नो मान्छे जस्ता दर्जनौ फिल्ममा अभिनय समेत गरेका छन् ।
स्वर्गिय भट्टरार्ईको पार्थिव सरिरलाई चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलिका लागि दिउँसो साढे १२ देखि साढे एक बजे सम्म राखिने छ । त्यसपछि उनलाई आजै पशुपती आर्यघाटमा लगिने तयारी भैरहेको चलचित्र बिकास वोर्डले जनाएको छ । स्वर्गिय भट्टरार्ईको श्रीमती र एक छोरा छन् ।

deepak chhetri

त्यस्तै गएको सनिबार मात्रै नेपाली चलचित्रका अर्का कलाकार दिपक क्षेत्रिको निधन भएको थियो । सनिबार बेलुका डिल्ली बजार स्थित आफ्नै घरमा सुतिरहेका क्षेत्रि बिहान मृत अवस्थामा भेटिएका थिए । क्षेत्रि केहि समय यता बिरामी थिए । उनि पनि नेपाली फिल्म क्षेत्रका सक्षम अभिनय कर्ताका रुपमा परिचित थिए ।
बिशेष खलनाएका रुपमा परिचित्र ५८ बर्षिय क्षेत्री पनि सिमान, झोला, मसान लागायत दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*