१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

यूरोपा लिगको अन्तिम १६मा चेल्सि र आर्सनल प्रवेश


एजेन्सी । बिहिबार राति भएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन । खेलमा चेल्सीले स्विडिस क्लब माल्मोलाई ३–० गोलले हराएको छ । खेलमा चेल्सी समग्रमा ५–१ गोलले विजयी भएको छ । पहिलो लिगमा चेल्सी २–१ गोलले विजयी भएको थियो । आर्सनलले बेलारुसको बाते बोरिसोभलाई ३–० गोलले हरायो । आर्सनल समग्रमा ३–१ गोलले विजयी भयो । पहिलो लेगमा भने आर्सनल १–० गोलले पछि परेको थियो ।
ओलिभर गिरोडल चेल्सीको जितमा खेलको ५५ औं मिनेटमो पहिलो गोल गरे । ७३ औं मिनेटमा माल्मोका रास्मस बेङटासन दोहोरो पहेँलो ,रातो कार्ड खाँदै बाहिरिएपछि माल्मो १० खेलाडीमा खेलेको थियो । त्यसपछि चेल्सीले दुई गोल थपेको थियो । चेल्सीको जितमा रोस बार्केलीले ७४ औं र कलुम हट्सन ओडोइले ८४ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै आर्सनले खेलको चौथो मिनेटमै बातेका जाखर भोल्कोवको आत्मघाती गोलको सहयोगमा अग्रता लियो । सकोदरन मुस्तफीले ३९ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए । ६० औं मिनेटमा सोकराटिस पापस्ताथोपोलसले अर्को गोल थप्दै आर्सनलको जित पक्का बनाएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*