१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

मुलुक सम्मुन्नत र समृद्धिको पथमा लम्कियो : प्रधानमन्त्री ओली

१, बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को पहिलो दिन आईतबार (आज) देशबासीका नाममा सम्बोधन गरेका छन ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मुलक भित्र र कामको सिलसिलमा बाहिर रहेका समस्त नेपालीलाई शुभकामना सन्देश दिँदै मुलुक समृद्धिको यात्रामा अगाडी बढेको बताए ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले २०७६ साल देखि देश समृद्धिको दिशामा अगाडीबढेको भन्दै २०७५ सालमा नीति निर्माण र विकासको आधार तयार गर्ने सन्दर्भमा मुलुकले निकै उपलब्धिमूलक हाँसील गरेको बताए ।

सरकारले आजका दिन सम्म गरेका कामको तथ्य र तथ्यांकसहित व्यवहारबाट जवाफ दिन सरकार सधै तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सुशासनको शत्रु भ्रष्टाचार भएकोले राज्यको सम्पति माथिको अनधिकृत दोहनलाई सरकारले छुट नदिने जिकिर गरे ।
भ्रष्टाचार विरुद्धको लडाई चुनौतिपूर्ण भएकाले लामै समय लिने भए पनि सरकारले जुनसुकै मुल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मुलन गरि छाड्ने प्रतिबद्ध जनाए ।

मुलुकमा सम्बृद्धिको पूर्व शर्त शान्ति भएको भन्दै प्रधानमन्त्री ओलीले शान्तिका लागि गएका वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे ।
बिखण्डको नारा लगाउने सिके राउतसँग भएको राजनीतिक सहमति निकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मुलुकबाट पृथकतावादको अन्त्य भएकोे सुनाउन पाउदा आफुलाई सन्तोषको अनुभुती महसुश भएको बताए ।

मुलुक भित्र शान्तिपूर्ण रुपमा गरिने विरोध र असहमतिलाई नेपालको बर्तमान संविधानले नै प्रत्याभूत गरेको भन्दै संविधान विरोधी गतिविधिहरु नगर्न सचेत गराए । यदि त्यस्ता गतिबिधी भए सरकारले कडाईका साथ नियन्त्रण गरिने समेत चेतावनी दिए ।

१७ पृष्ट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एक वर्षमा आफूले मलुकका विभिन्न स्थानमा गएर ३ सय १४ वटा कार्यक्रममा सहभागी भएको फेहरिस्त सुनाउन समेत भ्याए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*