१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

मुलुकको आय दोब्बर हुनेगरी भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नुस् : प्रधानमन्त्री ओली

२७, चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आय दोब्बर बनाउने गरी ‘नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन सहयोगका लागि सम्बन्धित सबै निकायलाई आह्वान गरेका गरेका छन् ।

बुधबार (आज) सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिकोे बैठकलाई सम्बोधन गर्दै प्रधानान्त्रीले त्यस्तो अव्हान गरेका हुन् ।
पर्यटन क्षेत्रको विकास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले यस क्षेत्रमा १० लाख नेपालीले भ्रमण बर्ष संगै रोजगारीको अबसर पाउने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिए ।
प्रदेश तथा स्थानीय सरकारहरु पनि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान त्यसको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री ओलीले अग्रह गरेको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए ।
बैठकमा नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको बिभिन्न प्रर्यटकिय गन्तव्य स्थलहरुको पहिचान गर्दै त्यसलाई १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने आफुहरुको लक्ष्य रहेको (एनआरएनए)का अध्यक्ष भवन भट्टले जानकारी दिए ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष सन २०२० मनाउने तयारी गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*