१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव, नयाँ मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित


नेकपाको पुष्पकमल दाहाल माधव नेपाल पक्षले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ । उनीहरुले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडि सारेका छन् ।

आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए । शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । दाहाल नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन्

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*