८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

मनकामना मन्दिर मंसिर २८ बाट खुल्ने

गाेरखाकाे प्रसिद्ध मनकामना मन्दिर मंसिर २८ बाट खुल्ने भएको छ । मुलुकमा कोभिड १९ संक्रमण प्रभावका कारण गत २०७६ चैतमा लकडाउन भएदेखि नै बन्द रहेको मनकामना माइको मन्दिर र मनकामना केवलकार झन्डै ९ महिनापछि खुल्ने भएको हो ।

सरोकारवाला निकायहरुबीच आज बसेको बैठकले यही मंसिर २८ गतेदेखि मनकामना माइको मन्दिर र मनकामना केवलकार खुलाउने निर्णय गरेको हो ।

विगत ९ महिनादेखि सर्वसाधारणका लागि पूजा गर्न बन्द गरेको मनकामना मन्दिर खुलाउनका लागि मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा स्थानीय संघसंस्थाका प्रतिनिधिसहित आज मनकामनामा बैठक बसेको थियो ।

बैठकले मंसिर २८ गते आइतबारदेखि मनकामना माइको मन्दिर सर्वसाधारणको लागि पूजा गर्न खुला गर्ने निर्णय भएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, मनकामना केवलकार पनि सोही दिनदेखि संचालनमा आउने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*