१ आश्विन २०७८, शुक्रबार  |  17 September 2021,Friday
Ad

मध्यपहाडी लोकमार्ग निर्माण संगै स्थानीयको जिवन स्तर फेरीदै


दैलेख
कर्णाली प्रदेशमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणसँगै त्यस क्षेत्रको विकासको ढोका खुल्न थालेको छ ।
स्थानीयमा तीव्र विकासको आशा पलाएको छ । उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ । राजमार्गको अधिकांस सडक खण्डमा स्थानिय कामदार प्रयोगले रोजगारी पनि सृजना भएको छ ।
राजमार्ग अन्तर्गत दैलेख खण्डमा लुम्विनी प्रदेशको रुकुम पूर्व, कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी जम्मा ४ सय ४० किलोमिटर सडक निर्माण कार्य भैइरहेको छ ।


कोरना भाइसको माहामारीका बिच पनि सुरक्षाका मापदण्ड अपनाएर काम निरन्तर भईरहको देख्दा छिटै आफुहरुको गाउँ घर परिवर्त हुने भन्दै स्थानिय बासी दंग छन् ।
दैलेखको राकम प्रदेशकै नमुना शहरका रूपमा स्थापित हुने क्रममा छ । जुन सरकारको मध्यपहाडी राजमार्गमा बन्ने १० वटा नयाँ शहर मध्ये एक हो ।
कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरूको बसाई सराई गरेर आउन थालेका स्थानियको भनाई छ ।
त्यस क्षेत्रमा सरकारी संयन्त्र पनि पुगेका छन् । यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ ।
यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ जुन पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बन्ने अर्को एक नयाँ शहर हो ।
बस्ती नै नभएको ठाउँमा राजमार्ग खुलेपछि बजार विकास तिब्र रुपमा बढेको छ । राजमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले हाटबजार मार्फत बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।
वाटोको सहज पहुँचले स्थानिय स्तरमा पर्यटन प्रबर्दनसँगै ओझेलमा परेका स्थानिय प्राकृतिक सम्पदा, ताल तलैया एव उत्पादनले बजारीकरण लिएको छ । स्थानिय स्तरमा रोजगारी सृजना भएको छ ।
मध्यपहाडी राजमार्ग बन्नुभन्दा पहिले अत्यन्तै दुर्गुम र पछाडी परेको रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट हाल दैनिक ४ वटा सार्वजनिक बस बाग्लुङ् हुदै काठमाण्डौंसम्म जाने व्यवस्थाले जनताको पहुच सिधै राजधानीसंग जोड्नुका साथै जनजीवन सरल, आरामदायी बनाएको छ ।
योजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूवको पातिहाल्र्नेबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नति अन्तर्गत सडक ग्राभेल, कालोपत्रे, टेवा पर्खाल निर्माण गर्ने र पुल निर्माण लगायत काम धमाधम भइरहेका छन् ।
रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये रुकुम पूर्वमा ३१.४९ किमि. र रुकुम पश्चिममा ३७.०५८ किमि गरि जम्मा ६८.५४ किमि. कालोपत्रे भइसकेको योजना प्रमुख अर्जुन कुमार बमले जानकारी दिए ।


रुकुम पश्चिमको चौरजहारी देखि हासिबाङ्गसम्म, खोपिचौर देखि रुकुमकोट र रिकम देखि रुकुमकोट सडक खण्डमा हाल कालोपत्रे गर्ने कार्य भैरहेको छ । यो निर्माण कार्यको भौतिक प्रगति औषतमा ८२ र ६२ प्रतिशत रहेको योजना प्रमुख बमको भनाई छ ।
जाजरकोट जिल्लामा कुदु देखि सुवेडा सम्म पर्ने ८३ किमि सडक खण्डमा ७ वटा ठेक्कापट्टा व्यवस्थापन भई हाल सडक चौडाई गर्ने, टेवा पर्खाल निर्माण गर्ने, ग्रावेल सडक निर्माण गर्ने तथा कालोपत्रे गर्ने कार्य धमाधम चलिरहेको छ ।

दैलेख जिल्लामा पूर्वको सिमना सुवेडा देखि पश्चिम राकम सम्म पर्ने कुल १ सय २५ किमि. सडक लम्बाइ मध्ये दैलेख पूर्वको लोहारे देखि हुलाकटाकुरासम्म सडकहरुको हालसम्मको पनि भौतिक प्रगति क्रमस ८५ र ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
अछाममा १ सय ७ किमिमध्ये १ सय ६ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ । बाँकी १ किमि कालोपत्रे गर्ने कार्य भैरहेको छ र हालको भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । हाल सञ्चालित विभिन्न सडक तथा पुल योजनाहरुको रुकुम पूर्वको पातिहाल्नेबाट अछामसम्मको खण्डमा हालसम्म ६ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।


आ.ब. ७९/८० भित्र निर्माण सम्पन्न गर्ने भन्दै सरकारले मध्यपहाडी राजमार्ग आयोजनालाई पाँच खण्ड बनाएर निर्माण अघि बढाएको छ ।
पूर्वी खण्ड (७२१ किमी) र पश्चिम खण्ड (११५८ किमी) गरि २ वटा कार्यालयबाट यस अघि निर्माण कार्य भैंरहेकोमा आयोजना समयमै सम्पन्न गर्ने तैयारीमा छ । निर्माण कार्यको रेखदेख, कार्यान्वयन र अनुगमन बस्तुनिठ, व्यवहारिक र प्रभावकारी रुपमा गर्न हाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँचवटा कार्यालयहरु बनाएर कार्यान्वनमा ल्याईएको छ ।
सबै कार्यालय मातहत हेर्ने सडक, पुल छुट्याएर अहिले निर्माण कार्य सवै खण्डमा चालु भैरहेका छन् ।
आयोजनाका कार्यालयहरु पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन।
राष्ट्रिय यातायात नीति २०५८ मा पुर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाडी हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । त्यही बमोजिम सरकारबाट मध्यपहाडी (पुष्पलाल) राजमार्ग नामकरण गरी २०६४/०६५ बाट आयोजना सुरु गरिएको हो ।
२०६४ फागुन २६ गते बसेको मन्त्रीपरिषदको निर्णयबाट राजमार्गको रेखांकन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढेको हो ।
मध्यपहाडका २६ जिल्लाहरुका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिव १ करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ ।
आयोजनाको सुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ । जसको कुल लम्वाई पछिल्लो संशोधन अनुसार १ हजार ८ सय ७९ किमी रहेको छ ।
सरकारले २०६९÷०७० सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकता साथ अघि बढाएको छ ।
२०६४/६५ बाट निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्ग आ.व. २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विकासको मागलाई न्यायोचित वितरण गर्दै स्थानिय भूगोल, हावापापानी एव भूबनौट सँग सुहाउने उत्पादन प्रवर्दन गर्ने, विकट वस्तीहरुलाई यातायातका माध्यमबाट सहज बनाई जनतालाई स्थानिय स्तरमा रोजगारी सृजना गरी आर्थिक विकासका माध्यमबाट जनताको जिवनस्तर उकास्ने मुख्य उदेश्य रहेको छ ।

गरिवी न्यूनिकरण गर्ने र असन्तुलित बसाई सराईलाई घटाउने पनि पुष्पलाल (मध्यपहाडी) राजमार्गको अर्को मुख्य ध्येय हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*