१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बेलायतले नेपाल सहित ४७ देशलाई रातो सूचिबाट हटायो

बेलायतले नेपाल लगाएत ४७ देशका यात्रुलाई बेलायत यात्रामा केहि प्रतिबन्ध सहितको रातो सूचिबाट हटाउने भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको ट्वीटमा उल्लेख गरेका छन् ।
कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो ।
यो निणर्य भने अक्टोवर ११ अर्थात असोज २५ गते बिहान चार बजेदेखि लागू हुने छ ।
उसले पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिकलाई भने अझै रातो सूचिबाट हटाएको छैन् ।
रातो सूचिबाट हटेपछि अब कोभिड खोपको दुबै डोज लगाएका बेलायत भ्रमण गर्ने यात्रुले नेपालबाट बेलायत जाँदा होटेल क्वारेन्टिनमा बस्नु पर्ने छैन् ।
कोरोना महामारीको समयमा रातो सूचिमा रहेका देशका नागरिकले बेलायत यात्रा गर्दा त्यहाँको सरकारले तोकिदिएको होटलमा दश दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लागु गरेको थियो ।
होटलमा बसेबापत प्रतिव्यतिm दुई हजार २८५ पाउण्ड स्वंम व्यक्तिले तिर्नुपर्ने वाध्यता रहदै आएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*