७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

बिषालु जंगली च्याउको जोखिम बढ्दो, बिक्रिवितरणमा प्रहरीले निगरानी थाल्यो

काठमाडौं । बर्षायामको सुरुवात संगै गाउँ घरमा बिषालु च्याउ खाएर बिरामी भएका मानिसहरु भेटिन थालेका छन् ।
दाङ जिल्लाको तुलसीपुर क्षेत्रमा जंगली च्याउ सेवनले झाडापखाला, वाक वाक लाग्ने, शरीर काँप्ने जन्डिस, तथा बेहोस हुने जस्ता रोगका लक्षण भएका बिरामीहरु उपचारकालागि अस्पताल आउन थालेको पाईएको छ ।
केहि दिन यता दाङ जिल्लाको प्रादेशिक अस्पतालमा भण्डै ४० जना बिषालु जंगली च्याउ खाएका बिरामी उपचार गर्न आएका भेटिए ।
झरी परे संगै बनमा विभिन्न किसीमका च्याउहरु उम्रने भएकाले गोठाला तथा बनजंगल जाने मानिसले जंगली च्याउ टिपेर ल्याउने र सेवन गर्ने गरेका कारण बिरामी देखिन थालेको स्थानिय प्रसासनको भनाई छ ।

बन जंगल नजिक भएका बस्तीहरुमा यो समस्या बढि देखिएको छ । जंगलमा भेटिने बिषालु च्याउ सेवन गर्दा बिरामी भएका मानिसहरु आस्पताल आउन थाले पछि स्थानिय प्रसासनले यस प्रति चासो देखाउन थालेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले बजार तथा जंगल बरपर जंगली च्याउ बिक्रिबितरणमा निगरानी बढाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जंगली च्याउ खाएका बिरामी अस्पतालमा देखिन थाले पछि बजार तथा बजार असपास क्षेत्रमा जंगली च्याउको बिक्रिवितरणमा कडाई गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए ।
जंगली च्याउ बिक्रिमा नियन्त्रण गर्दा प्रहरीले च्याउ खोसिदिन्छ भन्ने स्थानियले आरोप लागाउँछन्, तर पनि नागरिकलाई बिषाक्त च्याउको जोखिम बाट बचाउन यस्तो कदम चाल्नु परेको प्रहरी नायव उपरिक्षक सिंहको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*