६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

बालिकालाई जोगाउन गाह्रो हुन थालेकै हो

घोराही । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश पाँचको दाङमा बलात्कारका घटना बढ्दै गएका छन् ।
पछिल्लो एक वर्षको अवधिमा ६९ वटा बलात्कार र बलात्कार प्रयासका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले केहि दिन अघि सार्वजनिक ग¥यो । यि घटनामा विशेषगरी बालिकाहरूका आफन्तैबाट बलात्कार तथा यौन हिंशामा परेका देखिन्छ ।
बुवा, हजुरबुवा, दाजु, अंकल, छिमेकी अंकलबाट बलात्कृत हुने गरेका तथ्यांकहरू सार्वजनिक हुनु समाजमा बालिकाहरुमा बलात्कारकार तथा यौन हिंशा घटनाको अवस्था दर्दनाक रहेको बुझिन्छ ।
विशेषगरी बलात्कारका घटनामा बालिका जोगाउनै चुनौती रहेको अभिवाबकहरु गुनासो गर्दछन् । लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने व्यक्तिले कालिला अवोध बालिकाहरुलाई बढि बलात्कार तथा यौन हिंशा गरेको घटना सार्वजनिक भएका छन् ।
अपराध सम्वन्धी प्रयाप्त शिक्षाको अभाव, गरिबी, बेरोजगारी, मादक पदार्थ सेवनको मात्रामा बृद्धि जस्ता समस्याका कारण समाजमा बलात्कार र हिंशाको घटनमा बृद्धि भएको पाईन्छ ।
जसबाट अधिकार सहित बाँच्न पाउनु पर्ने मानब अधिकार हनन्का घटना बृद्धि हुनु नेपाली समाजको दुभाग्य जस्तै बन्दैै गएको छ ।

केहि दिन अघि दाङमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० दाङको वार्षिक प्रतिवेदनको लागि संकलित घटनाहरूको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा जिल्ला प्रतिनिधिहरुले बलात्कार, बलात्कार प्रयासको घटनाबाट ७९जना पीडित भएको तथ्याङ्कक आफुहरु संग रहेको बताए ।
गत वर्षको तुलनामा यो वर्ष मानवअधिकार उल्लंघनको घटना बढेको ईन्सेक दाङको भनाई छ ।
गत वर्ष दाङमा १ सय ५१ वटा मानवअधिकार उल्लंघनका घटनाहरू भएका थिए ।

यो वर्ष मात्रै दाङमा २ सय ५० वटा मानवअधिकार उल्लंघन भएका घटनाहरू सार्वजनिक गरिएको छ । मानवअधिकार उल्लंघनका घटनाहरू सार्वजनिक गर्दै ईन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले तीनवटाको भु्रण हत्या, दुईवटा आत्महत्या दुरूत्साहन, चारवटा उपचारमा लापरवाही, एउटा हत्या प्रयासको घटना सार्वजनिक गरेका थिए ।

त्यसैगरी तीनवटा वेवारिसे शव, एउटा जातिय विभेद, तीनवटा आगजनी, २२ वटा अपहेलना, तीनवटा अपहरण, एउटा ज्याला ठगी, २२ वटा आस्थाका बन्दीका घटना सार्वजनिक गरेका थिए ।
कार्यक्रममा चारवटा मानव बेचविखन तथा ओसारपसार, तीनवटा कथित बोक्सी आरोप, १५ वटा बन्द, हड्ताल, तालाबन्दी, ५३ वटा कुटपिट, एउटा नागरिक बेपत्ता, एउटा बम विस्फोट, एउटा बहुविवाह, आठवटा दुव्र्यवहार, एउटा घर निकाला र अन्य तीनवटा मानवअधिकार उल्लंघनका घटना गरी २ सय २४ वटा घटना सार्वजनिक गरेका थिए ।
ति घटनाबाट २ सय ५० जना पीडित भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थले मानवअधिकार उल्लंघनका घटनाहरू बढ्दै गएको प्रति सबै संवेदनशील हुन अनुरोध गरेका थिए ।
पन्तले उजुरी बढ्दै गएकोले मानवअधिकार उल्लंघनलाई सुक्ष्म रूपमा अनुसन्धान गर्न सम्वन्धीत निकाएलाई सुझाव दिए ।
अशिक्षा, सहजै उजुरी गर्न जाने निकाय नहुनु तथा डर धम्किका कारण कैयन बलात्कार तथा मानब अधिकार हनन्का घटनाहरु बाहिर आँदैनन् । जसबाट पिडकलाई कारवाही र पिडितलाई न्याय दिलाउन राज्य पुर्णरुपमा सफल नरहेको जन गुनासो छ ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले यस्ता जघन्य अपराधकालागि कानुन प्रयाप्त रहेकोले कानुन कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवालाहरू लाई आग्रह गरे ।
घटनाहरूको उजुरी परिसकेपछि सुक्ष्मरूपले अनुसन्धान गरेर कडाईका साथ कार्यान्वनमा लैजान सवै संवेदनशिल हुनुपर्नेमा एमसीको जोड थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*