११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

बागलुङ जीप दूर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत, घाईते ३ जनालाई थप उपचारकालागि काठमाडौं ल्याईयो

बाग्लुङ । बाग्लुङको भिमगिठेमा जीप दुर्घटनामा मृत्यु भएका १४ जनाको सनाखत भएको छ ।
सनाखत हुनेहरुमा गुल्मीको इस्मा गाउँपालिका ४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेशम थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की रहेका छन् ।
त्यस्तै ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका ५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका २ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की रहेको प्रहरी पुष्टी गरेको छ ।
दुर्घटनामा परी घाइते नवलपरासी बर्दघाट नगरपालिका २ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका ४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेका तिनै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो काठमाडौं ल्याईएको छ ।
घाईतेहरुको उपचार र सहयोगमा पुर्व बैदेशिक रोजगार तथा श्रम मन्त्री गोकर्ण बिष्टले चासो देखाएका छन् ।
उनिहरुको अहिले त्रि.बि. शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ ।
मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जीप इस्मा गाउँपालिका वडा न.४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका जाँदै गर्दा बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिमगिठेमा सडक बाट झण्डै ५०० मिटर तल खोलामा खसेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*