१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बहुमतले पारित भयो ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५’

८, चैत, काठमाडौँ । शुक्रबार (आज) बसेको राष्ट्रियसभाको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले राष्ट्रिय सभामा पेश गरेका थिए ।
विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक चैत १० गते आइतबार ११ बजे बस्ने भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*