६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

बसले मोटरसाईकललाई ठक्कर दियो, २ जना घाईते


५ फागुन, काठमाडौं । काठमाडौको भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन । ठक्करबाट मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानाएको छ ।
बा३ख २४१६ नम्बरको बसले सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि ठक्कर दिएको हो ।
घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । मोटर साइकल चालक भने सामान्य चोट लागेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*