१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

बसन्तपुरमा भिषण आगलागी, क्षेतिको बिवरण आउन बाँकी

२३, फाल्गुन, काठमाडौं । काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा बिहीबार (आज) दिउँसो भिषण आगलागी भएको छ ।
बसन्तपुर स्थित स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । दिउँसो झण्डै १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले करिब २ घन्टा पछि नियन्त्रणमा लिएको थियो । तुलाधरको घरमा मासु पसल र कस्मेटिक पसलसमेत रहेको बताइएको छ ।
आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । अगलागिमा परि दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी भएको क्षेत्र नजिकै ग्यास स्टोर समेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयवासीले बताएका छन । आगलागीबाट क्षतिको विवरण अझै आईसकेको छैन । आगलागीका कारण समेत नखुलेको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*