१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बढी शुल्क फिर्ता गराउन सरकारको ध्यानार्कषण– विवेकशील साझा

५, चैत, काठमाडौँ । मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँ ठगी गरेका पछिल्ला समाचारहरु प्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्य द्वारा जारी एक विज्ञप्तिमा शिक्षा र स्वास्थ जस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको भनिएको छ । बिज्ञप्ती मार्फत तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई तत्काल कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराईएको छ ।
कलेजहरुले तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकाले आवश्यक कदम चालेर बढी शुल्क लिइएका कलेजहरुको छानबिन गरि शुल्क फिर्ता गराउन र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थालाई तत्काल कडा कदम चाल्न बिज्ञप्ती मार्फत सरकारसँग माग गरिएको छ । साथै पार्टीले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानूनी व्यवस्था गर्न पनि माग गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*