१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बजारमा धमाधम बिक्रीहुन थाले लोकल कपडाबाट बनाईएका माक्स

काठमाडौं । बजारमा मुख छोप्न प्रयोग गरिने माक्सको अभाब हुन थाले पछि काडमाडौंका स्थानिय टेलर व्यावसायीले पसलमै कपडाको माक्स सिलाएर बिक्रि बितारण गर्न थालेकाछन् ।
काठमाडौमा रेडिमेट माक्स नपाईए पछि पसलमा उपलव्ध कपडाबाट निर्मित माक्सको माग बढेको स्थानिय टेलर व्यावसायिहरुको भनाई छ ।
बजारमा १० रुपैया पर्ने माक्सलाई एक सय सम्म पर्ने र त्यही पनि पाईन छोडे पछि काँचो कपडालाई माक्स बनाई बेच्न थालेको काठमाडौंको अनामनगर स्थित ओखलढुङ्गे रमेश टेलरले बताए । माक्स सोध्न दैनिक मान्छे आउन थाले पछि आफुहरुले पसलमा उपब्ध कपडालाई मक्स बनाई बिक्री गर्न थालेको उनको भनाई छ । आफुहरुले सिलाएर बनाएको माक्स रु ३० मा बिक्रि गर्दै आएको समेत रमेशले बताए । यसरी बनाईएको माक्स ग्राहकले खुसिहुँदै लग्ने गरेको समेत रमेशको भनाई छ ।
कोरोना भाईरबाट बन्च चिकित्सकहरुले माक्स लगाउन सल्लाह दिए पछि काठमाडौ लगाएत नेपालका बिभिन्न बजारमा माक्सको अभाव भएको छ ।
लागत मुल्य भन्दा बढिमा बेच्न तथा बढि मुल्य पार्नकालागि अभाव सिर्जना गर्ने व्यापारीलाई कारवाहि गर्ने सरकारले चेतावनी दिईसकेकोछ । बजारमा माक्स अभाव रहेका बेला यसरी टेलर पसलेले स्थानिय कपडाबाट माक्स सिलाई बेच्न थाले पछि आफुहरुलाई केहि राहत महसुस भएको सर्वसाधारण समेत बताउँछन् ।

नेपालमा अहिले सम्म कोरोना भाईरस संक्रमणका बिरामी फेला परेको पुष्टि नभएपनि सरकारले यसबाट बच्न उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बिश्व भरी कोरोनाको महामारी फैलिरहेको बेला नेपाल पनि उच्च जोखिमा रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*