१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

फेरी अनसन बस्ने डा. के.सी.को चेतावनी


८, फाल्गुन, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन ।
बुधबार (आज) एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा सरकार सँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् । संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक नसच्याईए फेरी अनसन बस्ने चेतावनी दिएका हुन् ।
साथै सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुली र पदीय दुरुपयोग गरेपछि हटाइएका तर कारबाहीमा नपरेका अख्तियारका तात्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई कारवाहीको माग गरेका छन । माग पूरा नभए जुनसुकै बेला आफूले १७ औँ अनसन सुरू गर्न सक्ने चेतावनी के.सी.द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । नागरिकले दण्डहीनता र कुशासन विरुद्ध खवरदारी गर्न सजिलो माध्यम सामाजिक सञ्जाललाई नै नियन्त्रण गर्नेगरी विधेयक ल्याइन खोजिएको केसीको आरोप छ ।
सरकारले सनसन बसेका उनलाई बेवास्तागरी अगाडी बढेपछि सहमति बिनै माघ १८ गते प्राध्यापक डा केसीले १६ औँ अनसन तोडेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*