६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

फेरि सुरु हुने भयो भारी वर्षा, मौषमविद्हरुद्वारा सतर्क रहन सबैलाई आग्रह

काठमाडौं । नेपालमा फेरी भारी वर्षा हुने सम्भावना देखिएको छ ।
मौषम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा फेरि नेपालको नजिक भएकोले देशभर भारी वर्षा हुने क्रम बढ्न सक्ने अनुमान गरिएको छ ।
न्यून चापीय रेखा नजिक हुन भनेको वर्षा हुने सम्भावना बढि हुन सक्ने मौषम विदहरुको भनाई छ ।
मौषम पूर्वानुमान महाशाखाले जारी गरेको ‘विशेष मौसमी बुलेटिन’ अनुसार सोमबार रातिदेखि नेपालमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
भारी वर्षाका कारण धनजनको क्षेति हुन सक्ने भन्दै सतर्क रहन मौषमविदहरुले सवैमा आग्रह समेत गरेका छन् ।


केहि दिन अघि भएको भारी बर्षाका कारण नेपालका बिभिन्न स्थानमा बाढि पहिरो, डुवान, तथा बिभिन्न स्थानका पुल भत्किएर सडक अवरुद्ध समेत भएका थिए ।

भारी वर्षा संगै आएको बाढि पहिरोले धनजनको क्षेति सहित किसानका धान रोपियका खेत बारी तथा खेति योग्य जमिन समेत कटान भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*