१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

फेरि पराजित भयो महिला साफ च्याम्पियनसिप मा नेपाल भारतसँग

८, चैत्र, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारत संग ३–१ गोलले पराजित भएको छ ।
विराटनगरस्थित शहिद रंगशालामा शुक्रबार (आज) दिउँसो ३ बजेदेखि भएको आशा लाग्दो खेलमा नेपाल पराजित भएको हो ।
सुरुमा भारतलाई दबाबमा राखे पनि खेलको २६ औं मिनेटमा भारतका लागि पहिलो गोल डालिमा चिभरले गरिन् ।
खेलको ३३ औं मिनेटमा नेपालका लागि सावित्री भण्डारील गोल गर्दै बराबरी बनाईन् ।

यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल थपिन् ।

नेपालले खेलमा केहि दबाब राखेपनि ७८ औं मिनेटमा अञ्जु तामाङले भारतकालागि तेस्रो गोल गरिन् ।

यस अघिका च्याम्पियनसिपमा पनि फाइनलमा भारतसँग हार्दै आएको नेपालको यो चौथोँ पटकको अवसर पनि ३–१ मा उपाधि जित्ने सपना बिफल भयो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*