१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

फुकुवा भयो नेपाल क्रिकेट संघ माथिको निलम्बन

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बोर्डको बैठकले (क्यान) माथि लगाएको निलम्बन सर्तसहित फुकुवा गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो ।
निलम्वन पछि (आइसिसी)ले नेपाली क्रिकेटको व्यवस्थापनको जिम्मा लिँदै सबै पक्षसँग छलफल गरेर नयाँ निर्वाचनका लागि विभिन्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
सोहि प्रकृया अनुसार केहि साता अधि सम्पन्न क्यानको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
फुकुवाको निर्णण संगै आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमो एसोसिएट सदस्यको मापदण्डको पूर्णरूपमा पालना गर्न संक्रमणकालीन योजना समेत बनाई अगाडी बढने बताए । सोहि योजनामा नेपाल क्रिकेट संघ (क्यान) मा नियन्त्रित अनुदान रकम पनि पर्ने बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*