१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडको रोमाञ्चक जित


प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा सेल्फिड युनाइटेडमाथि युनाइटेडले ३–२ गोलको जित निकालेको हो ।

सेल्फिडको घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफार्डले दुई गोल गरे । डेविड म्याकगोल्डरिकले घरेलु टोलीलाई खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
२६ औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेलको एन्थोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

५१ औं मिनेटमा रासफार्डले ब्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–१ ले अघि बढाए । खेल सकिन ३ मिनेट बाँकी छदाँ घरेलु टोलीका म्याकगोल्डरिकले ब्यक्तिगत दोस्रो गोल गरेपनी टिमको हार टार्न सकेनन् ।

जितसँगै युनाइटेड २३ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ। सेफिल्ड १ अंकसहित तालिकाको पुछारमा छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*