६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

प्रहरीमा राजनीतिक हस्तक्षेप छैन गृहमन्त्री

२९ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ले प्रहरीमा राजनीतिक हस्तक्षेप नरहेको वताएका छन ।
नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले प्रहरीको कार्यसम्पादन बलियो र चुस्त दुरुस्त हुनुपर्ने बताए । कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने भन्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्य कुराहरुमा स्वंयम प्रहरीनै जिम्वेवार रहेको बताए ।
प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठिरहेका बेला, निर्दोेषलाई अपराधी घोषित गर्ने गल्ती कसैले पनि गर्न नहुने बताए । अपराधलाई अतिरञ्जित गर्दा निर्दोष फस्न सक्ने सम्भावना भएकाले त्यसमा समेत सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।
गृहमन्त्री थापाले प्रतिपक्षलाई केहि नभनि घुमाउरो पाराले ‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको पाईएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*