७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सहित ५ मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रीहरुको जिम्मेवारी ५ जनाले हेर्ने गरी बिहिबार बाँडफाँड गरेका छन् ।
दोस्रो पटक प्रतिनिधी सभा विघटन पछि बिस्तारित मन्त्रीमण्डललाई सर्बोच्च हदालतले बदर गरिदिए पछि प्रधानमन्त्री ओलिले आफु सहित ५ जनामा मन्त्रालयको जिम्वेवारी बाँडफाँड गरेका हुन् ।

मन्त्रालय जिम्वेवारी पाउनेहरुमा उपप्रधानमन्त्री विष्णु पौडेललाई गृह सहित, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, बिज्ञान तथा प्रविधि, शिक्षा, श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको हेर्नेछन् ।

त्यस्तै मन्त्री लीलानाथ श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री ओलीले आफु संगै रक्षा र परराष्ट्र मन्त्रालय राखेको राष्ट्रिपति कार्यालयका प्रवक्ता रुपनारायाण भट्टराईद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*