१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै

प्रधानमन्त्री केपी ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाने भएका छन्। ओली विहान १० बजे दाहाल निवास खुमलटार जाने तय भएको वालुवाटार स्रोतले जनाएको छ । पार्टीमा जारी गतिरोधकाबिच ओली दाहाल निवास जान लागेका हुन्।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ। कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट विरलै बाहिर निस्केका छन्।

पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*