१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

पौडेल बने रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को बिजेता

रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को ग्राण्ड फिनालीको उपाधि भरतमणि पौडेलले जितेका छन् ।
सनिवार राति भएको फाईनलमा प्रतिसप्रधी विक्की अग्रवाल र सन्तोष थापालाई पछाडी पार्दै पौडेल सोको बिजेता बनेका हुन् ।
ताप्लेजुङ्ग घर भएका बिजेता पौडेलले कार र नगद २५ लाख रुपैंया प्राप्त गरेका छन् ।
पौडेलले पूर्व युवराज पारस शाह, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वमन्त्री राजेन्द्र महतो लगाएतको घरबेटी बनेर गरेको क्यारिकेचर दर्शकले निकै मनपराएका थिए ।
त्यस्तै भारतको सिक्किमका विक्की अग्रवाल दोस्रो बनेका छन् । उनले मोटरसाईकल जितेका छन् । भने गोरखाका सन्तोष थापा तेस्रो स्थान हासिल गर्न सफल भए । सन्तोषले तेस्रो भए वापत स्कुटर पाएका छन् ।
सोको जजमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई थिए भने रिना बिश्वकर्मा उद्घोषकको भुमिकामा थिइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*