६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

पहिरोमा परी तनहुँमा २ जनाको ज्यान गयो, फेरी बाढी पहिरोले बितन्डा मच्चाउँदै,


अबिरल बर्षा संगै आएको पहिरोमा परी तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा दुईजनाको मृत्यु भएको छ ।
बुधबार राति गएको पहिरोले त्यहाँको पाँच घर पुरिएको स्थानीय जनप्रतिनिधीले जनाएका छन् । पहिरोमा परेर मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र झण्डै ३० वर्षीया सरस्वती थापा रहेको बताईएको छ ।
पहिरोमा परी सरस्वतीका ससूरा दिलबहादुर थापा र सासू दाउरीमाया थापा, देवर सुवास थापा घाईते भएका छन् ।
त्यस्तै चितवनका बिभिन्न स्थानमा पनि गए रातिको अबिरल बर्षाले क्षेति पुर्याएको छ । त्यहाँ स्थित खैरहनी र राप्तिको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले पुल भत्काएको छ ।
यता मुग्लिन नारायणघाट सडक खण्डको इच्क्षाकामना ५ पाँचकिलोमा पनि पहिरो गएर बाटो अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठेरो परेका प्रहरीले जनाएको छ ।
उता काठमाडौंबाट हेटौडा जाने सडक पनि अवरुद्ध भएको छ । लगातारको बर्षाले त्यस क्षेत्रको बाटोको थुप्रै ठाउँमा पहिरो गएको र पन्छाउने कार्य भई रहेको प्रहरीको भनाई छ । कान्तिपथ राजमार्गको भिमफेदी गाउँपालिका ८ गंगटेमा पनि पहिरोले बाटो अवरुद्ध पारेको छ ।
यता गए रातिको अबिरल बर्षाका कारण मेलम्चि खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढे संगै त्यस क्षेत्रका नागरिक त्रसित बनेका छन् ।


त्यस क्षेत्रमा पुनः बाढिले क्षेति पुगाउन सक्ने भन्दै स्थानीय बासीन्दालाई प्रशासनले सुरक्षित स्थानमा सर्तकता अपनाई बस्न आग्रह गरिसकेको छ ।
यस अघि आषढ १ गते त्यस क्षेत्रमा आएको बाढीले ठुलो जनधनको क्षेती पुर्याएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*