१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पछिल्लो २४ घन्टामा ३२७४ जना कोरोना संक्रमित भेटिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ६५ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी जम्मा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
त्यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा अहिले सम्म कुल ७ लाख ३७ हजार २२९ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणका कारण अहिले सम्म कुल १० हजार ३५४ जनाको मृत्यु भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*