६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या झण्डै ६६ सय पुग्यो ।

काठमाडौँ, । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमणका बिरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आजको मिति सम्म कुल कोरोना संक्रमनको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी गराईएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत मंगलबार थप १ सय १७ जना संक्रमित कोरोनामुक्त भइ डिस्चार्ज भएका समेत भएको जानकारी गराए ।
यससँगै संक्रमित निको हुनेको संख्या १ हजार १ सय ५८ जना रहेको पनि प्रा.डा. गौतमले बताए ।
त्यस्तै, कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कुल ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको समेत प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*