१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : ५११ मा कोरोना पुष्टि, ५ हजार ११० पीसीआर परीक्षण

पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ । साथै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*