१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

न्यायाधीश कार्कीद्धारा संवैधानिक इजलासमा नबस्ने घोषणा

न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि प्रश्न उठाएका थिए ।

नयाधीश थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*