१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

नेपाल बैंकको सि.ई.ओ. छनोटको प्रकृया अन्तिम चरणमा

काठमाडौं, २१ भाद्र । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) छनोटको अन्तिम चरमा पुगेको छ ।
देबेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भए संगै रिक्त रहेको पदमा बैंकले नयाँ सि.ई.ओ को लागि निबेदन आव्हान गरेको थियो । आव्हान संगै रिक्त सि.ई.ओ. पदकालागि १४ जनाको आबेदन परेको छ ।
आबेदन दिनेहरुमा रामदेव यादव, अरुण कुमार ढुंगाना, पूर्ण प्रसाद आचार्य, मुरारी प्रसाद अर्याल, कृष्ण बहादुर अधिकारी, शेषरमण आचार्य, पुष्पराज भण्डारी रहेका छन् ।
त्यस्तै राजुनाथ खनाल (बैंक कै पुर्व नायव प्रमुख कार्यकारी अधिकृत), गोबिन्द प्रसाद दाहाल, दुर्गा कुमारी कँडेल (छत्कुली), अशोक खड्गी, शंकर कुमार रायमाझी, सुन्दर पन्थी (मुख्य प्रवन्धक हाल नेपाल बैंक), डिल्लीराम शर्मा (नेपाल बैंकबाटै अवकाश पाएका पुर्व कामु सहायक प्रमुख कार्यकारी अधिकृत) रहेको बैंक स्रोतले जनाएको छ ।
आवेदन दिएका मध्ये कृष्ण बहादुर अधिकारी हाल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारीमा छन् ।
आबेदकको हकमा बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ ।
त्यस्तै योग्यताको हकमा मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने प्रावधान छ ।
आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सो को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्न माग गरिएको थियो ।
उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरु मध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट समितिले सिफारीस गर्ने छ ।
सोही आधारमा उच्चत अंक प्राप्त गर्ने संभव भए सम्म ३ जनालाई अन्तिम चरनमा सिफारिस गरिने छ । सोहि ३ मध्य बाट एक जना प्रमुख कार्यकारी अधिकृत सि.ई.ओ. नियुक्त गरिने स्रोतले बताएको छ ।
पन्थिको संभावना बढी :
आवेदक मध्य सि.ई.ओ. हुने सम्भावनामा हाल नेपाल बैककै मुख्य प्रबन्धकको पदमा रहेका सुन्दर पन्थिको सम्भावना बढिरहेको बुझिएको छ । व्यापारीक प्रस्तावनामा अव्वल मानिएका पन्थिको बैकिंङ करियरमा राम्रो छवि भएका मानिन्छन् । मिलनसार तथा व्यापारीक योजनामा तिक्ष्ण प्रतिभाका रुपमा परिचत पन्थि सि.ई.ओ. हुन सक्ने बैंक क्षेत्रका धेरै अनुभबी व्यक्तिहरुको बुझाई छ ।

सवै भन्दा बढी अंक भार व्यापारीक प्रस्तावनामा ४० अंक रहेको र त्यसैमा बढी दख्खल पन्थिको रहेकोले पनि उनि हुने सम्भावन रहेको कतिपयको आँकलन छ ।
त्यस्तै नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भए संगै निमित्तको जिम्वेवारीमा रहेका कृष्ण बहादुर अधिकारीको पनि उत्तिकै सम्भावना रहेको बताईएको छ । निमिक्त भई बैंक हाँकिसकेका अधिकारीको पनि लामो अनुभव र बैंकिङ क्षेत्रमा अव्वल मानिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*