१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेपालले पनि कतारका लागि श्रमस्वीकृति स्थगित गर्यो

काठमाडौँ । कोरोनाको संक्रमण नफैलियोस भन्नकालागि कतारले नेपाल सहित १४ मुलुका नागरिकलाई प्रवेश रोकलगाए संगै नेपालले पनि श्रमस्वीकृत स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कातार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति मंगलबारदेखि स्थगन गरेको जनाएको छ ।
विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोक लागाएको छ । अर्को सूचना जारी नभएसम्म कतारकालागि श्रमस्वीकृतिमा रोकलाईएको बिभागका प्रवक्ता भोलानाथ गुरागाईले जानकारी दिए ।
बैदेशिक रोजगारमा श्रमस्वीकृति पाई हिडेका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेपछि अको सूचना नभए सम्मकालागि बिभागले त्यस्तो निर्णय गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*