१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेपालमो कोरोना संक्रमणको पछिल्लो अवस्था

नेपालमा कोरोनाको संत्रास हटिसकेको बेला अझै कोरोनाका संक्रमित फेला परिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७९ जना कोरोना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार ३३ सय ११ वटा स्वाब नमूना परीक्षण गराउँदा जम्मा ७९ जनामा मात्र भाइरस संक्रमण भेटिएको हो । यो संख्या बिगतको तुलनामा अत्यन्त न्यून हो ।
नेपालमा यो सहित अहिले सम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख ७५ हजार ३ सय १० जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा संक्रमणबाट थप ७५ जना डिस्चार्ज समेत भएका छन् । भने निको हुनेको संख्या अहिले सम्म जम्मा २ लाख ७१ हजार ४०१ पुगेको छ मन्त्रालयको भनाई छ ।
नेपालमा अहिले कोरोना खोप लगाउने कार्य चलिरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*