११ आश्विन २०७८, सोमबार  |  27 September 2021,Monday
Ad

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा ४०९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार २२५ जना छन् । यस्तै आज ४९५ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*