१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेपालमा कोरोना संक्रमित बढदै, शुक्रबार सम्म संक्रमित झण्डै १२ हजार पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र नेपालमा ५सय९३ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोभिड–१९ संक्रमिततको संख्या कुल ११ हजार सात सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार मात्र १ सय ७ महिला र ४ सय ८६ पुरुषमा कोभिड–१९ पोजिटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण गरिसकिएको छ ।
शुक्रबार सम्म कोरोना संक्रमण निको हुनेको संख्या जम्मा दुई हजार ६ सय ९८ रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*