१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेकपाका दुवै पक्षले बोलाए आफु निकट सांसदहरुको अलग अलग भेला

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा नेकपाका दुवै पक्षले आ आफ्नो पक्षका सांसदहरुको भेला बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षधर सांसदहरुको बैठक विहान ९ बजेदेखि बालुवाटारमा हुँदैछ ।

त्यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल रमाधव नेपाल पक्षधर सांसदहरुको भेला अपरान्ह संसद भवनमा हुने भएको छ । प्रतिनिधिसभामा नेकपाको १७४ सिट थियो । ती मध्ये एकजना सानु सिवाको निधन भएको र समानुपातिकबाट निर्वाचित उनको ठाउँमा अर्को सदस्य निर्वाचित नहुँदै प्रतिनिधिसभा विघटन भएकाले १७३ सांसद थिए ।

दाहाल – नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध संसदमा लगेको अविश्वास प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर देखाइएको छ । सांसदहरुको भेलामा राष्ट्रियसभाका सदस्यहरु पनि सहभागी हुनेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*