४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

नेकपाका दाहाल नेपाल समुहको शक्ति प्रदर्शन आज


सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । उक्त पक्षले काठमाडौं आज काठमाडौंको भृकुटीमण्डमा विरोधसभा पनि गर्दैछ । सभामा सहभागी हुन विभिन्न ठाउँबाट निस्केको जुलुस भृकुटीमण्डपतिर गइरहेको छ ।

सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ। टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय संघर्ष समितले जनाएको छ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलुसको नेतृत्व गर्ने बताइएको छ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक संघर्ष उत्रिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*