१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेकपाका अध्यक्षद्वयको कार्य बिभाजन, आगामी चैत्रमा महाधिवेशन गर्ने निर्णय

काठमाडौं । नेकपाका अध्यक्षद्वय बिच देखिएको मनमुटाव महाधिवेशन सम्मका लागि स्थगित भएको छ ।
शुक्रबार काठमाडौमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले दुई अध्यक्ष बिचको मनमुटवलाई कम गर्न र पार्टीलाई एकतावद्ध बनाएर लैजाने केहि महत्वपुर्ण बिषयमा निर्णय गरेको छ ।
बैठकले सरकार सञ्चालन र पार्टी सञ्चालनका लागि अध्यक्षद्वयको कार्य विभाजनको निर्णय गरेको हो । बैठकले पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यकारी अधिकार सहित पार्टीको काम गर्ने र अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काममा केन्द्रित हुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
त्यस अवसरमा बैठकले आउँदा दिनमा सरकार पार्टीको मार्ग निर्देशन अनुसार संचालन गरिने निर्णय गरेको छ । पार्टीले सरकारका दैनिक कामलाई हस्तक्षेप नगरी सञ्चालन हुन दिने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा भने पार्टीको छलफलले निकालेको निष्कर्ष अनुसार गर्नु पर्ने छ ।
त्यस्तै सरकारले प्रस्तुत गर्ने विधेयकमा पार्टी कमिटीमा छलफल गरेपछी मात्र अगाडी बढाईनु पर्ने समेत बैठकले निश्कर्ष निकालेको छ ।
बैठकले महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको समेत प्रबक्ता श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनको तयारीका लागि कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रिय समितिको बैठक समेत बोलाइएको श्रेष्ठले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*