१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

निषेधाज्ञा पुनः ११ दिन थप : यस पटक केहि खुकुलो गरियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः ११ दिन थप गरिएको छ ।
जेठ २१ गते देखि लागु हुने गरी जेठ ३१ गते सोमबार सम्म ११ दिन निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।


काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गत वैशाख १६ गतेदेखि सुरु गरिएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याएको थियो ।


जेठ १४ गतेदेखि एक हप्ताकालागि लागु गरिएको निषेधाज्ञ अलि कडा किसिमले कार्यान्वयन गरिएको थियो । यस समयमा तरकारी, दुध, पानी, माछामासु लागएत अत्यावश्यक बाहेक सवै किसिमका पसलहरु बन्द गरिएका थिए ।
२१ गते देखि लागु हुने निषेधाज्ञालाई भने अलि खुकुलो बनाउँदै किराना पसल लागाएत अत्यावश्यक सामाग्रीका सपसलहरु भ्ने बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ ।


कोरोना भाइरसको संक्रमण निरन्तर घटेपछी यसपटक भने निर्माण सामग्री ओसार पसार गर्ने गाडीहरुलाई राति ९ बजे देखि बिहान ४ बजे सम्म चल्न दिने तयारी गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*