१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नागको फोटो घरको मुल ढोकामाथि टाँसेर नागपञ्चमी मनाईयो

हिन्दुहरुको पर्व नागपञ्चमी आज नागको पूजा गरेर मनाईएको छ ।
प्रत्यक बर्षको श्रावण शुक्लपञ्चमीमा मनाईने यो पर्वमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसेर पूजा गरी मनाईने गरिन्छ ।
घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा सर्प, बिच्छि जस्ता जिवले दुःख नदिने धार्मिक बिश्वासका आधारमा यो पर्व मनाईदै आएको किंवदन्तीमा उल्लेख छ ।
नाग सर्पको राजा भएकाले नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न नहुने भएकाले यसको पूजा गर्ने परम्परा रहदै आएको छ । नाग रिसाए अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास पनि छ ।
नागपञ्चमीको अवसरमा आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका विभिन्न दह र कुण्डमा पनि नाग देवताको पूजा गरिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*