७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नवलपरासीमा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु, ११ घाइते

नवलपरासी । पूर्वी नवलपरासीमा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । भने ११ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका ४० वर्षीय पूर्णबहादुर थापा, २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
मंगलबार राति बुलिङटारको छरछरेमा लागेको मेला हेरेर फर्कदै गरेका ट्याक्टरमा सवार १७ जना मध्य ११ जना घाईते भएका छन् ।
घाईतेहरुको चितवनको पुरानो मेडिकलकलेजमा उपचार भैरहको डिसपी मोहनबहादुर खाँडले बताए । घटना स्थाल नवलपरासीको रजहरबाट झण्डै १३ किलोमिटर उत्तर तर्फको पहाडी गाउँ पर्ने प्रहरीले बताएको छ ।
सार्वजनिक सवारी साधन कम चल्ने भएकाले उनिहरु ट्याक्टरमा मेला हेरेर घर फर्कदै गरेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*