६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

देवघाटधाम विराट महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

२१,फाल्गुन, चितवन । तनहुँको देवघाटधाममा सम्पन्न देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ ।
माघको अन्तिम साता महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर आयोजित महायज्ञ सो रकम सङ्कलन भएको हो । महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख दान गर्ने बचत भएको छ । महायज्ञका क्रममा आउने भक्तालुलाई आयोजकले देवघाटमै बस्ने तथा खाने सबै सुविधा समेत प्रदान गरेका गरेको थियो । त्यस क्रममा महायज्ञको व्यवस्थापनमा रु दुई करोडभन्दा बढी खर्च समेत भएको आयोजकले जनाएको छ ।
देवघाटमा विसं २०५० मा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित पढाउँदै आएको छ । महायज्ञबाट बचत भएको रकमलाई अक्षयकोषमा राखेर संस्कृत शिक्षाको प्रवद्र्धनका लागि खर्च गरिने आश्रमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*