news samaya Logo
 |  20 June 2021,Sunday
Ad

देउवाद्वारा सोनाम ल्होसारको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान पनि रहेको बताएका छन्।

यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले सोनाम/ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares